शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ मा थप मतदान केन्द्रको माग स्थानियले गरेका छन । महादेवा गा उपालिका वडा न. १ स्थित नर बहादुर थापा जनता मावि मतदान केन्दलाई टुक्राएर रा.प्रा.वि.बल्थी को माग स्थानिय पुर्व गाविस उपाध्यक्ष मो.मुस्लिमले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला निर्वाचनका प्रमुख रमेश कुमार जोशीलाई जानकारी गराए । उनले महादेवा गापा वडा नम्बर १ का वडाध्यक्ष जयश्वर किशोर दासले निर्माधिण स्वास्थ्य चौकी पकरीमा समेत मतदान केन्द्र बनाउन लागेको बताए । धाम,पानीको बैलामा निर्माधिण स्वास्थ्य चौकी पकरी मतदान केन्द्र औत लाग्ने नभएकोले सो ठाउँ उपयुक्त नरहेको उनले जिकिर गरे । रा.प्रा.वि.बल्थी मतदान केन्द्रमा औत लाग्ने प्रायाप्त ठाउँ रहेकोले यहाँ अगाडी र बल्थीका एक हजार भन्दा वढी मतदाता रहेको दावी स्थानिय बोवालाल यादवको भनाई रहेको छ । सप्तरीका प्रजिअ गौतम र जिल्ला निर्वाचनका प्रमुख जोशीले प्रतिनिधीलाई यसको जनकारी सम्बन्धि निकायमा जाहे गर्ने बताए । सो प्रतिनिधि मण्डलमा पुर्व गाविस उपाध्यक्ष मो.मुस्लि,मो.गणी,बोवालाल यादव, ,राधेश्याम यादव,मो.दाउद, बिशेश्वर यादव,बिनोद कुमार यादव, मो.डोमन लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post