इनरुवा । सप्तकोसी नदिको पश्चिम तर्फको बाँध फुटाएर बस्तीमा पसेर प्रभावित बनाएको समाचार बाहिर आएपछि बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की घटनास्थल पुगेर बाढी पीडित कोही पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिने बताएको छ । उदयपुरको बेलका नगरपालिका–८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने ठाउँमा सप्तकोसी नदी बस्तीतिर पसेकाले त्यसको अवस्था र असरका बारेमा जानकारी लिन तथा थप सहयोग, उद्धार र राहतको पहलका लागि आईपुग्नु भएका मन्त्री कार्कीले बाढी पीडित भएका कोही कसैलाई खानाको अभाव हुन नदिने, उद्धार र राहतमा कुनै कसर नराखी अस्थायी बस्ने व्यवस्थापन पनि गर्ने बताएको छ । मन्त्री कार्कीले स्थानीय तहरुलाई सबै पीडितहरुको अवस्था र ठाउँ हेरी सुरक्षित स्थानमा सार्न र फसेकाहरुलाई उद्धार र राहतका लागि दुर्तगतिमा काम गर्न निर्देशन दिए ।
मन्त्री कार्कीसगैं सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा अधिकारीहरु, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की सहितका जनप्रतिनिधिहरु पनि बाध फुटेको घटनास्थल पुगेको थियो । उनीहरुले आआफ्नो ठाउँबाट सहयोग र समन्वयन गर्ने बारेमा छलफल समेत गरेको छ ।
विपत व्यवस्थापन समितिको बैठक बसी तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था मिलाउने र त्यसका लागि जिम्मेबार निकायहरुलाई परिचान गर्ने निर्णय गरेको बैठकमा सहभागी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
Discussion about this post