इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नंम्बर ७ स्थित रहेको पशु सेवा कार्यालयका कर्मचारीहरुलाई पशु जस्तै व्यवहार गर्ने गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका साविक नरसिंहमा रहेका पशु सेवा शाखाका कर्मचारीहरुलाई पालिकाले वडा कार्यालयको दुर्गन्धित स्टोर कोठामा कार्यालय सञ्चालन गर्न लगाएपछि पशु चिकित्सकहरु अहिले तनाब झेलिरहेका छन् ।
नरसिंह स्थित रहेका पशु सेवा शाखाको कार्यालय फोहोर रहेको कारण कर्मचारीहरु कार्यालय बाहिर बसेर सेवा दिने गरेको र कार्यालय समय बाहिरै विताउने गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटा वडा मध्ये साविक नरसिंह गाविसका ९ वटा मध्ये हाल कायम भएका ४ वटा वडाका पशु किसानहरुलाई सेवा दिनका लागि स्थाप्ना गरिएको पशु सेवा शाखा कार्यालय काम न काजको बनेको छ ।
हाल सो शाखामा कार्यरत्त कर्मचारीहरु आफैँ पीडित बनेका छन् । पशु सेवा शाखा कार्यालय भोक्राहा नरसिंह ७, नरसिंहमा कार्यरत्त कर्मचारीहरु चर्को घामका कारण, दुःख कष्ट भोग्दै बिना पंखा र बिना एसी कार्यालयमा सेवा दिन बाध्य बनेका छन् ।
उता सो शाखामा कार्यरत्त पशु प्राविधिकहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाले सौता जस्तो व्यवहार गरेका छन् ।
हाल कार्यरत्त कर्मचारीहरुलाई भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ को स्टोर कोठामा थन्काएर राखेका छन् ।
वडा कार्यालयको स्टोरमा पशु सेवा कार्यालयका कर्मचारीहरुलाई राखेपनि सो कार्यालय कवाडी जस्तो बनेको स्थानीवासीहरु बताउँछन् ।
सोही कवाडीमा पशु सेवा कार्यालय स्थाप्ना गरी सञ्चालन गरिएको छ ।
Discussion about this post