शुभ नारायण यादव /सप्तरी ।
सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.३ का अन्दाजि ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका वडा न.६ घर भएका संजय पण्डितका २ वर्षीय छोरा दिप कुमार पण्डितको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेका थिए । प्रहरीले उनको शव निकाल्नमा सफल भएको हो ।
यस्तै पण्डित सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ४ मा पाहुनाको रुपमा आएकोमा खेल्ने क्रममा बालक चिप्लेर पोखरीमा खसेर घाईते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो । यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post