शुभ नारायण यादव /सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.४ स्थित कदमाहा गाइघाट सडक खण्डबाट सशस्त्र प्रहरीले लाखौंको अबैध समान बरामद गरेकाे छ । सशस्त्र प्रहरी बेश क्याम्प कडरबाेनाकाे टाेलिले कदमाहा गाइघाट सडक खण्ड अन्तरगतबाट पिकअप भ्यान बाेलेराे सहित झण्डै २० लाख ६० हजार मूल्य बराबरको अबेध समान बरामद गरेकाे हाे । सशस्त्र प्रहरीकाे टाेलिले चेकजाँचकाे क्रममा ज १ च १३६७ नम्बरको बाेलेराेमा लाेड गरि लगिरहेकाे अवस्थामा खानेतेल १८ कार्टुन , साेयाबिन २५ किलाे , चना २५ केजि ,मटर ,हरियाे केराउ , मसुराे दाल ,मेदा २५/२५ केजि गरि साे मूल्य बराबरको समान बरामद गरेकाे सशस्त्र प्रहरी ६ न. गण सप्तरीले जनाएको छ । यता बरामद गरिएका अबेध समान तथा बाेलेराे समेतलाई आवश्यक अनुसन्धानकाे लागि आन्तरिक राजस्व कार्यालय इटहरि सुनसरी पठाएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.३ तरहिमा आगलागि हुदा झण्डै १५ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय बासुदेव सदाकाे गाइकाे गाेठमा बालिएकाे घुरबाट अचानक आगलागि शुरु हुदा सदा सहित छिमेकिहरु केलु सदा , बिहारि सदा , प्रमाेद राय , राम सुन्दर सदा ,साेभिया सदा , गाेतम सदा , चन्द नारायण सदा सहितको घर पुर्ण रुपमा जलेर साे मूल्य बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । साे आगलागिमा कुनै मानविय क्षति नभए पनि आधा दर्जन पशु चाैपया समेत जलेकाे प्रहरीले जनाएको छ । यसैबिच उक्त आगलागि स्थानीयबासि , सशस्त्र तथा जनपद प्रहरी तथा बारुण यन्त्रकाे सहयोगमा नियन्त्रणमा आएकाे सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post