मानबहादुर ठकुल्ला
भजनी / कैलालीको भजनी नगरपालि वडा न ५ स्थित पृथ्वीपुर छाेटी भन्सार कार्यालय अढाई बर्ष पछि पुन संचालनमा ल्याएकाे छ । काेराेनाकाे कहर बढे संगै २०७६ साल चैत्र ८ गते देखि बन्द रहेकाे छाेटी भन्सार कार्यालय यहि साउन १६ गते बाट संचालनमा ल्याएकाे छाेटी भन्सारका नायब सुब्बा लक्ष्मी बिश्वकर्माले जानकारी दिएका छन । छाेटी भन्सार संचालन भए पछि यसक्षेत्रका ब्यापारी लाई भारतबाट सामान ल्याउनका लागि सजिलाे भएकाे ब्यापारी ममता चाैधरीले बताईन । उनले भनिन लकडाउन भई भन्सार बन्द भएपछि अाफ्नाे व्यापार ठप्प भएकाे र भन्सार संचालन भएपछि पुन व्यापार शुरु गरेकाे बताईन । बिगत अढाई बर्ष देखि छाेटी भन्सार बन्द भए पछि कैलालीको भजनी क्षेत्रमा चोरी तस्करी बढेर सत्ती भन्सार कार्यालय खक्राैलाकाे राजस्व संकलन दिनप्रतिदिन घट्दै गएको भन्सार कार्यालयले जनाएको छ । छाेटी भन्सार कार्यालय भजनी ५ लालबाेझीले साउन २८ गते सम्ममा १६ हजार २ सय ९३रुपैया राजस्व संकलन गरेकाे छ । यश क्षेत्र बाट अहिले किराना सामान मात्रै भित्र्याउन गरेकाे भन्सार कार्यालय जनाएकाे छ । बिगतका बर्षमा यश छाेटी भन्सार कार्यालय मासिक ६ लाख भनणदा बढी राजस्व संकलन गर्ने गरेकाे भन्सार कार्यालय तथ्यांकमा छ ।
भजनी नगरपालिका वडा न ५ लालबोझी स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय अढाई वर्षदेखि सञ्चालन हुन नसक्दा सो क्षेत्रबाट चोरी तस्करी बढेको थियाे भने अब यश क्षेत्र बाट हुने चाेरी तस्करीमा कमि हुने स्थानियकाे बिश्वास रहेकाे छ ।एक श्राेतका अनुसार भजनी क्षेत्र बाटै ब्यापकरुपमा प्रतिबन्धित लागुअाैषधकाे काराेबार समेत हुने गरेकाे बताएकाे छ ।
Discussion about this post