रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमको सुनवल नगरपालीका वडा नम्बर १२ भुमही परासी भित्रि सडक खण्डमा आज दिउँसो १:३५ बजे बस र कार एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०१-०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठोकिदा कारमा सवार १ जनाको मृत्युभएको हो भने अन्य ५ जना घाईते भएका छ्न ।
कार चालक अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नम्बर ८ मधुवन बस्ने अन्दाजी ३५ बर्षको ईन्द्रमणी पौडेलको उपचारका लागी जिल्ला अस्पताल परासी ल्याईएकोमा १:५५ बजे अस्पतालले मृत घोषित गरेको थियो ।
Discussion about this post