शुभ नारायण यादव /सप्तरी । सप्तरीमा पनि आज भब्यताको साथ २८५९ औं सोनाम ल्होसार पर्व मनाइएको छ । साेहि अबसरमा मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले तामाङ समुदायले आफ्नो पहिचान भेषभूषा र संस्कृतिलाई जर्गेना र संरक्षण गर्दै आर्थिक समृद्धि कायम गर्न अग्रणी भुमिका खेलेको बताएका छ्न । २८५९ औं सोनाम ल्होसाेरको अवसरमा नेपाल तामाङ्ग घेदुङसप्तरीद्वारा सप्तरीको खडक नगरपालिका ७ स्थित मझौमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रदेश सांसद न्यौपानेले हरेक समुदायको सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए । राज्यमा मानिने सबैजातजातीको संस्कृति राज्यको गौरव हो, साँसद न्यौपानेले भने, त्यसको संरक्षण र सम्बर्द्धन गर्ने राज्यको दाईत्व भित्र पर्छ, साँस्कृतिक जगेर्ना र आर्थिक समृद्धिको अभियानमा तामाङ समुदायको अहम भुमिका रहेको बताउदै कार्यक्रमका प्रमुख अतिथि साँसद न्यौपानेले साँस्कृतिक जगेर्नाको साथै आर्थिक रुपान्तरणको कार्यमा निरन्तर लाग्न तामाङ समुदायलाई आग्रह गरे । गरिबी निदान गर्न सके समृद्धि आफै आउने जिकिर गर्दै उनले तामाङ समुदायसहितको सम्पुर्ण जाती समुदायको संस्कृति र अधिकार रक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साँसद न्यौपानेले संस्थागत विधालयहरुले नेपाल सरकारले आव्हान गरेको सार्वजनिक विदाको अबज्ञा गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । स्थानीय सरकारले विधालयलाई नियमन गर्ने भएकोले सरकारले गरेको आव्हान विपरीत विधालय संचालन गर्ने संस्थागत विधालयरुलाई कारबाही गर्न पहल गर्ने बताए । खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले तामाङ समुदायले संस्कृति संरक्षणमा अग्रणी भुमिका निर्वाहा गरेको भन्दै प्रशंसा व्यक्त गरे । आफ्नो नगरपालिकामा जिल्ला स्तरीय ल्होछार महोत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु पालिकामा गर्न आग्रह गर्दै नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए । सप्तरीमा निरन्तर तामाङ्ग समुदायले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष वृजमान तामाङले जानकारी दिए । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षता आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम बहादुर घिसिङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रिया सिंह थारु, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव, खडक नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष राकेश कुमार साह, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष खेमराज सिंह दनुवार, भुजेल सेवा समाज सप्तरीका अध्यक्ष दिनेश भुजेल, नेपाल आदिवासी जनजाति महासंघ खडक नगरपालिकाका अध्यक्ष राजेन्द्रप्रसाद चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोलेले गरे । उक्त कार्यक्रममा वरिष्ठ कलाकार अन्जनी सिंह थारु, टिक बहादुर तामाङ, राजेश घिसिङ लगायतका चर्चित तामाङ कलाकारहरुद्वारा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
Discussion about this post