शुभ नारायण यादव /सप्तरी। सप्तरीको महादेवा गाउँपालिकामा चिसोबाट प्रभावित पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसकिनेलाई आज फाइबरको सिरक बितरण गरेको छ ।
महादेवा गाउँपालिकाको वडा नं.१ कार्यालयमा आयोजित सिरक बितरण कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष अर्चना कुमारी यादवले उक्त फाइबरका सिरहहरु बितरण गरेका हुन् ।
उहाँले ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसकिनेलाई सिरक बितरण गरिएको छ ।
उहाँले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गरीएको जनाएको छ ।
सोहि अवसरमा गाउँपालिकाका लोसपाका युवा नेता सुरेन्द्र यादव,वडा सदस्य कमल प्रसेला लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post