मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताकाे क्वाटर फाईन र सेमीफाईनका खेल भएका छन । सगरमाथा युथ क्लब बटनपुरकाे आयाेजना तथा धनसिहपुर प्रबासि समितकाे सहयाेगमा संचालन भएकाे फुटबल प्रतियोगितामा क्वाटर फाईनकाे खेलमा सगरमाथा युथ क्लब बटनपुर C र मिलन चाेक युवा क्लब टीकापुर बिच भएकाे थियाे जसमा लाई ६- ० गाेलले अन्तरले मिलन चाेक युवा क्लब टीकापुर बिजय भई सेमिफाइनल प्रबेश गरेकाे छ । भने सेमिफाईन खेल युनाइटेड एकाडेमी स्कुल टीकापुर र १४ जिआर बिच भएकाे थियाे । १४ जिआर टीकापुरले पहिलाे हाफमा एक गाेल गर्न सफल भएकाे थियाे भने दाेश्राे हाफमा युनाइटेड एकाडेमी स्कुल एक गाेल फर्काए पछि खेल बराबरीमा पुगेकाे थियाे । त्यस पछि दुबै टिमबाट कुनै पनि गाेल नभए पछि पेनाल्टी सुटआउटमा युनाइटेड एकाडेमी स्कुल बिजय भएकाे छ । भने युनाइटेड एकाडमी स्कुल फाईनमा गएकाे छ । भाेलि अर्काे सेमिफाइनल ससगरमाथा युथ क्लब बटनपुर A र मिलन चाेक युवा क्लब टीकापुर बिच हुने आयाेजक क्लबका अध्यक्ष याेगेन्द्र साउदले जानकारी दिएका छन । मिलन चाैक युवा क्लब टीकापुर र सगरमाथा युथ क्लब बटनपुर A मा जसले जित्याे फाईनल पुग्ने छ ।
Discussion about this post