इनरुवा –प्रदेश नम्बर १ का सुनसरी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरिव र दलित परिवारको लागि पिलरकाे खम्बा बने जस्तैः अहिले मधेस प्रदेशमा पनि साेही कामलाई निरन्तरता दिएका छन् ।
सुनसरी जिल्लाकाे तत्कालीन प्रजिअ यादवले आफ्नो कार्याकाल सफलता बिताएपनि उनको मधेस प्रदेशको सर्लाही जिल्लामा सरूवा भएपनि आफ्नो कार्यभार सम्हाल्दै गरिव र दलित परिवारका खम्बा बनेकाे सर्लाहीका स्थानीय सन्ताेष ऋषिदेवले बताए ।
सर्लाहीकाे इश्वरपुर नगरपालिका वडा नम्बर ५ का स्थानीय ऋषिदेवले भने प्रजिअ यादव उदाहरणीय कामकाे सुरूवात गरेको कारण गरिव र दलित परिवारकाे अनुहारमा खुशी पलाएको बताए ।
उता सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ दलित बस्तीमा शुक्रबार सय घरधुरी दलितलाई एक÷एक थान कम्बल वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिमार्फत चिसोबाट प्रभावित दलित परिवारलाई कम्बल उपलब्ध गराइएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
दलित बस्तीसम्म लगेर कम्बल वितरण गर्न सामुदायिक दिगो विकास सेवा समाज मलंगवाले ढुवानी खर्च बेहोरेको संस्थाका कार्यक्रम निर्देशक वीरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
Discussion about this post