मान बहादुर ठकुल्ला/टीकापुर / कैलालीको टिकापुर प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका वडा न ५ मनिकापुरका राम चन्द्र चाैधरीलाई ३५ ग्राम ७८० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ । शुक्रबार ४ :०० बजे कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं.५ दौलतपुर घाटबाट निज चाैधरीलाई पक्राउ गरिएकाे हाे ।
निज चौधरीले लागुऔषध (खैरो हेरोईन) को कारोवार गरीरहेको भन्ने विषेश सुचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर तथा ईलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले निज चौधरीलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकको पोका थान २ (दुई) प्लाष्टिक सहित कुल तौल ३५ ग्राम ७८० मिलिग्राम (प्लाष्टिक बाहेक कुल तौल ३३ ग्राम ३०० मिलिग्राम) लागुअाैषध (खैरो हेरोईन) फेला पारी बरामद गरी निज चौधरीलाई पक्राउ गरी थप अनुसान्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post