रन्धिर यादव /काेशी प्रदेश । बिराटनगर स्थित रहेको काेशी अस्पतालमा लामाे समय यता ‘सिटी स्क्यान मेसिन बिग्रेको कारण बिरामीहरूमा निराशा हुदै गएकाे थिए ।
तर काेशी अस्पतालका निमित्त मेडिकल सुप्रीडेन्ट डाक्टर रबिन राज सिंहले बिरामीको दुःख बुझ्दै सिटी स्क्यान मेसिन सुरू गरेपछि दैनिक आउने बिरामीहरू सहज भएको छ ।
एक बिरामी बताउँछन् केही महिनाअघि काेशी अस्पताल सिटी स्क्यान गराउन अस्पताल आए तर अस्पताल आउँदा केही न केही विग्रेकै हुन्छ, अस्पताल प्रशासन र यहाँका नेता तथा नागरिक अगुवाहरुलाई वास्ता नै रहेको जस्तो लाग्थ्याे ।’
यता निमित्त मेसु रबिन राज सिंहले बिरामीकाे दुःख पीडा बुझ्दै मेसिन सञ्चालनमा ल्याएपछि सयाैं बिरामीको अनुहारमा मुस्कान छाएको एक स्थानीय लालबहादुर बिकले बताए ।उनलेे बताएअनुसार अस्पतालमा सहुलियत दरमा सेवा लिन आउने बिरामीहरू महगों रूपैयाँ तिरेर नीजी अस्पतालमा सिटी स्क्यान गराउन बाध्य थिए ।
अहिले काेशी अस्पतालले पुनः सिटी स्क्यान सेवा सुरू गरेपछि बिरामीहरूकाे चाप निकै बढेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उता ‘सिटी स्क्यान गराउन अस्पताल आएका बिरामी तिरहुत गाउँपालिकाका हरि मण्डलले भन्छन् –‘हामी जस्ता गरिबलाई यो अस्पताल बल्लतल्ल काम लागेको बताए ।
त्यस्तै अस्पतालका निमित्त मेसु डाक्टर रबिन राज सिंहका अनुसार आफू काेशी अस्पतालमा रहुन्जेल बिरामीको सेवा सुविधामा कुनै किसिमको बधा आउन नदिने बताए ।
उनले समस्या समाधान गरी सिटी स्क्यान सेवा सञ्चालन गरी अस्पताल प्रशासनलाई जिम्मा लगाएको छ । काेशी अस्पतालमा सिटी स्क्यान मात्रै नभएर अस्पतालमा रहेको एक्स–रे र पिसिआर मेसिन पनि केही दिन अघिसम्म बन्द नै रहेको अर्का उपचार गराउन आएका अर्का सुनील यादवले गुनासो गरे ।
उनलेे ‘खासमा म बाइकबाट लडेपछि एक्स–रे गराउन आएको थिए, तर एक्स–रे सेवा तत्काललाई ठप्प हेरेका थिए । उनले भने–‘अनि फर्किए, बाँकी त्यहाँ पिसिआर मेसिन पनि बन्द नै रहेको हेरेका थिए । प्रादेशिक अस्पताल जस्तो ठाउँमा एक्स-रे मेसिन बिग्रेपछि अस्पताल प्रशासनले चासाे नै नदेखाएको बिरामीहरूकाे कथन छ ।
तर अहिले साेही अस्पतालमा निमित्त मेसु रबिन राज सिंहले जिम्मेवारी सम्हालेपछि अस्पतालमा बिरामीकाे चाँप दिननुदिन बढ्दै गएको सुनसरीका स्थानीय सुनिल यादव बताउँछन् ।
स्थानीय यादवका अनुसार अहिले अस्पतालमा पहिलोकाे भन्दा बढी बिरामीहरूप्रति ध्यान राख्ने गरेको बताउदैँ स्वास्थ्य समस्या बारे निमित्त मेसु सिंहले आफै साेध्ने गरेको जानकारी दिए ।
Discussion about this post