बराहक्षेत्र । सुनसरीमा ग्रामिण पत्रकार समूह बराहक्षेत्रले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको बन्दसत्रले हिरण्य कार्कीको नेतृत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भिषण राईले जनाए । अध्यक्ष कार्कीसँगै उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ (अर्जुन), सचिवमा सुबिन विश्वकर्मा, सहसचिवमा सुदन गुरागाईं, कोषाध्यक्षमा गंगाकुमारी भट्टराई रहेका छन् भने सदस्यहरुमा सिर्जना थापा र राजन घिमिरे छन् ।
समितिले केही समय अगाडि नै चौथो साधारणसभा सम्पन्न गरिसकेको भएपनि नयाँ कार्यसमिति चयन प्रक्रिया भने कारणबश आज (बुधबार) चक्रघट्टिमा भएको हो ।
नेपाल पत्रकार महासंघ महासंघका केन्द्रिय सदस्य भिषण राईको संयोजकत्वमा नवराज बिष्ट र छबिना मगर सदस्य रहनेगरी ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समिति संयोजक भिषण राईका अनुसार नयाँ कार्यसमिति राजनीतिक आस्थाको दृष्टिकोणबाट र समानुपातिक समावेशीताको दृष्टिकोण दुबैबाट ‘पर्फेक्ट’ रहेको छ ।
ग्रामिण क्षेत्रका पत्रकारहरुको छाता संगठनको रूपमा कार्यरत यस् संस्थाले पत्रकारको हकहितमा आवाज बुलन्द गर्दै आएको छ । जसअन्तर्गत ३० बढी सदस्यहरु छन् भने त्यसभित्र पनि १७ जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् ।
Discussion about this post