Wednesday, July 9, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जसपा नेपालपछि रास्वपा र एकीकृत समाजवादी समेत विभाजन हुने

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ बैशाख २५ गते, ७:०७ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
जसपा नेपालपछि रास्वपा र एकीकृत समाजवादी समेत विभाजन हुने
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई फुटबाट जोगाउन आन्तरिक छलफलाई तीव्रता दिएका छन् । सोमबार एकीकृत समाजवादीको काठमाडौंमा संसदीय दलको बैठक बस्यो । मंगलबार रास्वपाको संसदीय दलको बैठक बस्दै छ । दुवै दलले आफ्ना सांसदलाई पार्टीको नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन् ।
नेपाली कांग्रेसले वर्तमान गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउने र सरकार गठन गर्ने गृहकार्य थालेपछि सत्तारूढ दलहरू विभाजनको संघारमा पुगेका हुन् । जसपा नेपाल विभाजन भएपछि चिन्तित बनेका नेपाल र लामिछानेले आफ्नो पार्टीलाई फुटबाट जोगाउन सांसदहरूलाई नियन्त्रणमा राख्दै ‘दायाँबायाँ’ नगर्न कडा निर्देशनसमेत दिएका छन् ।
दुवै दलमा रहेका केही सांसद जसरी पनि मन्त्री हुनुपर्ने लबिङमा रहेको र जुनबेला पनि विभाजनतर्फ लाग्ने चर्चा राजनीतिक वृतमा भइरहेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई र अर्का नेता शेखर कोइराला समूहले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेको बताइएको छ ।
प्रतिपक्षमा रहेको कांग्रेसले गठबन्धन फुटाउन खोजेको छ तर छुटाछुटै समूहबाट अगाडि बढ्न खोजेपछि असफल भएको छ । कांग्रेसको यो चाल बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन छोड्ने भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गराएको कतिपयको विश्लेषण रहेको छ ।
नयाँ बानेश्वरस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष नेपालले जसपा नेपाल विभाजनपछि विकसित घटनाक्रम भएको सांसदहरूलाई जानकारी गराए । सत्ता गठबन्धनमा असन्तुष्टि देखिरहँदा आइतबार एकाएक जसपा फुटेपछि एकीकृत समाजवादी त्रासमा छ ।
संसदीय दलको बैठकको बीचैमा बाहिरिएका उपाध्यक्ष डा. बेदुराम भुसालले भने पार्टीमा कुनै पनि विवाद नभएको जिकिर गरेका छन् । ‘हामीभित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो,’ उनले भने, ‘बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’
भुसालले आइतबार विभाजन भएको जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको बताए । ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐनअन्तर्गत जाने हो कुनै टुंगो छैन । नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’ भुसालले भने । अरूको पार्टी जे भए पनि एकीकृत समाजवादी भने कुनै पनि हालतमा नफुट्ने उनको जिकिर छ ।
यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अर्थमन्त्री वर्षमान पुनले भेटेका छन् । खनाल र पुनको भेटघाटलाई धेरैले चासोका साथ हेरेका छन् । जसपा विभाजनसँगै भएको यो भेटले फुटलाई बढावा दिने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् । यसैबीच, एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक ३१ वैशाख काठमाडौंमा बस्ने भएको छ ।
यसअघि २८ वैशाखमा बैठक बस्ने भनिएको थियो । पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्यप्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले बताए ।
सोही बैठकबाट देशभर पार्टी संगठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिमा छलफलका साथै प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताको जिम्मेवारी बाँडफाँट गरिने पनि बताइएको छ । बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका मापदण्ड तय गर्ने र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना सहित छलफल गरिनेछ ।
बैठकमा पार्टी अध्यक्ष नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ । पार्टीले आगामी १६ देखि २० असारमा काठमाडौंमा १०औं महाधिवेशन गर्न लागेको छ ।
उता, रास्वपाले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । आसन्न संसद् बजेट अधिवेशन, सरकारका काम कारबाही, हालै सम्पन्न उपनिर्वाचन र समसामयिक घटनाक्रम’bout छलफल हुने बताइएको छ ।

Tags: जसपा नेपालपछिरास्वपा र एकीकृत समाजवादीविभाजन हुनेसमेत

Related Posts

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
FEATURE

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
0

रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने
FEATURE

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
0

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः...

गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1386 shares
    Share 554 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    705 shares
    Share 282 Tweet 176
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist