इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले नेपालीहरूको महान चाड “बडा दशैं/विजयादशमी, २०८१” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण गाउँबासी, दिदीबहिनी, र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष आजादले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने पर्व भन्दै यसले सामाजिक सद्भाव, पारिवारिक एकता, र भातृत्वलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनले नेपालीहरूको परम्परागत चाडपर्वहरूले सांस्कृतिक, भाषिक, र भौगोलिक विविधताबीचको मौलिकतालाई थप सुदृढ पार्दै आपसी मेलमिलाप र राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन्।
उनले भने, “हाम्रो मुलुकका चाडपर्वहरू सांस्कृतिक पहिचान र राष्ट्रिय गौरवलाई अक्षुण्ण राख्नका लागि महत्त्वपूर्ण छन्। विजयादशमीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास मैले लिएको छु।”
अध्यक्ष आजादले यस विजयादशमीले भोक्राहा नरसिंह गाउँपालिकामा न्याय, समानता, र समृद्धिको वातावरण स्थापित गर्न सहयोग गर्ने अपेक्षा व्यक्त गर्दै सम्पूर्ण गाउँबासीलाई सुरक्षित र संयमित रूपमा दशैं मनाउन आग्रह गरेका छन्। “दशैंले हाम्रा परिवारहरूबीच स्नेह र आशीर्वादको आदानप्रदान गर्दै खुसी र सद्भाव बाँड्ने अवसर दिन्छ,” उनले थपे।
यस अवसरमा, अध्यक्ष आजादले टीका, जमरा, र आशीर्वाद ग्रहण गर्दै समृद्ध, सुरक्षित, र खुशीपूर्ण चाड मनाउन गाउँबासीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
Discussion about this post