इनरुवा – सुनसरी सदरमुकाम इनरुवा–४ मा शनिबार अपराह्न करिब ३ बजे आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बोवा लाल मेहताको टिनको घरमा भएको आगलागीले घरभित्रका सामग्रीसमेत नष्ट भएको छ।
अग्नि पीडित बाैवालाल मेहताका अनुसार धान दाउनी गर्ने क्रममा आगलागी भएको हो। आगोको तीव्रता बढ्दै जाँदा सम्पूर्ण घर र सामग्री जलेर नष्ट भएकाे हाे ।
आगलागीपछि इनरुवा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।
पीडित मेहताले दिएको जानकारीअनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा २ वटा साइकल, खेतीका लागि राखिएको १० बोरा रासायनिक मल, घरमा रहेको खाद्यान्न, लत्ताकपडा, र टिन–काठको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
यता आगलागीको विषयमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले दुःख व्यक्त गर्दै पीडित परिवारको तत्काल राहत र पुनःस्थापनाका लागि पहल गरिने आश्वासन दिएका छन्। उनले भने, “यस्ता विपद्का बेला पीडितहरूको उद्धार र राहत हाम्रो प्राथमिकता हो। सम्बन्धित निकायहरूसँग समन्वय गरेर पीडितलाई आवश्यक सहयोग पुर्याउने प्रयास गर्नेछौं।”
आगलागीबाट घरबारविहीन भएका पीडित परिवारले पुनःस्थापनाका लागि सम्बन्धित निकाय र दयालु मनहरूको सहयोगको आवश्यकता रहेको बताएका छन्।










Discussion about this post