विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ।
आज(शनिबार) विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारीलाई क्रमशः षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार र षष्टिका बस्नेत सूचना अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो।
पत्रकार बुढाथोकीलाई १ लाख १ सय रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ भने पत्रकार भण्डारीले २५ हजार २५ रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। साथै, अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको छ।
उक्त पुरस्कार समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कृत र सम्मानित पत्रकारलाई प्रमाणपत्र तथा नगद राशी प्रदान गरे।
विराटनगर । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा विराटनगरमानेपाल कम्प्युटर एसोसिएसन (CAN) महासंघ मोरङले बिहान ७:०० बजे प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। प्रमुख अतिथिका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका डा. महावीर पुन उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा हरित विराटनगरका अभियन्ता श्री पारुल क्षेत्री र उहाँको टोली, विभिन्न शैक्षिक संस्थाहरु जस्तै विराट क्षितिज कलेज, हिमालयन दर्शन कलेज, एम्स कलेज, निहारिका कलेज, आदर्श माध्यमिक विद्यालय, र एस्पायर कलेजका आई.टी. अध्ययनरत विद्यार्थी तथा प्रशिक्षकहरु, कार्यक्रम संयोजक, क्यान महासंघ मोरंगका प्रतिनिधिहरु र नेपाल प्रहरीको टोलीको विशेष उपस्थिति रहेको थियो।
“प्रविधिमा सबैको सहज पहुँच” र “प्रविधिको सही उपयोगिता, सुनौलो भविष्यको सुनिश्चितता” जस्ता प्लेकार्डसहित सहभागीहरुले सेन्ट्रल मलदेखि महेन्द्र चोकसम्म प्रभातफेरी गरेका थिए। समापन कार्यक्रममा क्यान महासंघ मोरङले राष्ट्रिय आविष्कार केन्द्रको अभियानको सहयोगका लागि २० वटा पुस्तक खरिद गरेको थियो, साथै अन्य सहभागीहरूले पनि पुस्तक खरिद गरेका थिए। उक्त अवसरमा क्यान महासंघ मोरंगको २०८२ सालको टेबल क्यालेन्डर पनि अनावरण गरिएको थियो।
कार्यक्रममा १५० भन्दा बढी सूचना प्रविधिसँग सरोकार राख्ने व्यक्तित्वहरूको सहभागिता रहेको थियो। क्यान महासंघ मोरंगका कोषाध्यक्ष सुजित झाका अनुसार हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवश देशभरि मनाउने सरकारको निर्णय अनुसार हरेक वर्ष क्यान महासंघले देशैभर विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।
क्यान महासंघ मोरङका अध्यक्ष सुमित कुमार शाहले कार्यक्रम समापन सत्रमा डा. महावीर पुनको कार्य र राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्य अत्यन्त सराहनीय रहेको बताए। साथै उनले क्यान महासंघ मोरंगले पनि नवप्रवर्तक, आई.सी.टी.मा सहज पहुँच र गुणस्तरका लागि अभियानको रूपमा कार्य गर्दै आइरहेको बताए।
यस वर्षको राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवशको राष्ट्रिय नारा “सूचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण” रहेको र आजको कार्यक्रम सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी क्यान महासंघ मोरङका सचिव अजित चापागाईले दिए। उनले कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सूचना अधिकार, सुशासन, पारदर्शिता र नागरिक जागरणका पक्षमा सक्रिय पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ। यस वर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण कार्यक्रम तय गरिएको थियो। तर, राजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको दुःखद निधन भएपछि कार्यक्रम स्थगित भइ हाल सम्पन्न गरिएको हो।










Discussion about this post