सुनसरी — सुनसरीको झुम्का कारागारमा रहेका दुई कैदीको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धरान–१७ का २४ वर्षीय सागर राई र सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव छन्।
उराँव कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा राखिएका थिए।
शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। उपचारका क्रममा आइतबार राति १२ बजेर १५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
त्यस्तै, राईलाई सोमबार बिहान बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा आज बिहान साढे ८ बजे उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुबैजनाको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ।
एकै दिन दुई कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले कारागारमा अनुगमन गरेको छ। समितिले कैदीहरूको स्वास्थ्य परीक्षण गर्न तुरुन्तै स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए।
उनका अनुसार कैदीहरूको स्वास्थ्य विवरण संकलन गर्ने र गम्भीर समस्या देखिएका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको छ।
झुम्का कारागारका दुई ब्लकमा हाल १ हजार ७९४ कैदी रहेका छन्।
उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...










Discussion about this post