इनरुवा ।देशव्यापी Gen Z आन्दोलनको प्रभाव सुनसरीको इनरुवामा पनि तीव्र बनेको छ। शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोतिर नियन्त्रणबाहिर गएपछि इनरुवा नगरपालिकाको कार्यालय परिसरमा तोडफोड र आगजनीसम्म पुगेको स्थानीयले बताएका छन्।
प्रदर्शनकारीहरूले नगरपालिकामा प्रवेश गरी मेयरको कार्यकक्षसहित विभिन्न शाखा तोडफोड गरेका छन्। कार्यालय परिसरभित्र रहेका कागजात र सामग्रीमा समेत आगजनी भएको जनाइएको छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र बल प्रयोग गरेको छ। तर, प्रदर्शनकारी आक्रोशित भइरहेकाले नगर क्षेत्रमा अझै तनावपूर्ण वातावरण छ।
यसअघि काठमाडौंसहित देशका विभिन्न स्थानमा व्यापक बनेको जेन–जी आन्दोलन भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध केन्द्रित रहेको थियो। इनरुवामा भने आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रशासन थप कडाइमा उत्रिएको छ।










Discussion about this post