सुनसरी । मोरङको कानेपोखरी–रंगेली सडकखण्डमा बिहीबार दिउँसो भएको बस–ट्रक दुर्घटनामा पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को १० ख २९१२ नम्बरको बसलाई ना ५ ख २८६९ नम्बरको मालबाहक ट्रकले दलेली भन्ने स्थानमा ठक्कर दिएको हो।
घटनामा बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। गम्भीर घाइते मोरङकै होक कुमार र सुबोध ठाकुरलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने सामान्य चोटपटक लागेका आशिष सरदार, सरिता हस्दा र कण बा. धिमाललाई रंगेली अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक फरार भएको र उनको खोजी कार्य तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post