विराटनगर । मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट बुधबार राति ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने प्रयास भएपछि दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका–७ जैन भवन अगाडि राति सवारी चेकजाँचको क्रममा ट्राफिक प्रहरीसँग विवाद बढ्दै गएपछि स्थिति तनावपूर्ण बनेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार विराटनगर–८ का २८ वर्षीय सविन कामतले प्रहरीसँग वादविवाद गर्दै जाई लागेर हातपात गर्ने प्रयास गरेका थिए। सो क्रममा उनको साथमा रहेका २६ वर्षीय विवेक रायलाई समेत प्रहरीले नियन्त्रणमा लिए पनि पछि छाडिएको प्रवक्ता चुडालले जानकारी दिइन्।
कामतविरुद्ध अवद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post