विराटनगर । असोज १७ देखि २० गतेसम्म सक्रिय मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा भारी वर्षा हुँदा विराटनगर महानगरपालिकाले पनि बाढीको प्रभाव भोग्नुपर्यो । तर, अघिल्ला वर्षको तुलनामा यसवर्ष क्षति न्यून रह्यो ।
सिंघीया खोलाको जोखिमलाई यसपटक पूर्वतयारी र सचेतना अभियानमार्फत नियन्त्रणमा राखिएको महानगर प्रहरी निरीक्षक राजन पौडेलले बताए । उनका अनुसार, सिंघीयाको बेसिन क्षेत्रमा वर्षा कम भएकाले खोलामा ठूलो बाढी आएन । महानगरले समयमै बासिन्दालाई पशुचौपाया, साना बालबालिका र घरका सरसामान सुरक्षित राख्न सूचना जारी गरेको थियो ।
तर, केशलिया खोलाको समस्या भने ज्योंको त्यों रहेको छ । हिउँदभर केशलिया किनारबाट माटो कटान र तस्करी हुने गरेको, र त्यसमा राजनीतिक संरक्षण रहँदै आएको स्थानीय बासिन्दाको आरोप छ । वडा नम्बर ४ को इक्राही, वडा नम्बर ५ को फुलबारी र वडा नम्बर ६ को ब्रम्हपुरा क्षेत्रमा खोलाको धार परिवर्तन हुँदा बस्ती डुबानमा परेको महानगर प्रहरीले जनाएको छ ।
महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले यसवर्ष नाला र ढल प्रणालीको समयमै सरसफाइ भएकाले सडकमा पानी थुनिएर बस्ने अवस्था नरहेको बताइन् । उनका अनुसार, वर्षा रोकिनासाथ सडकमा जमेको पानी तुरुन्तै निकास भएको छ ।
यो वर्ष विराटनगरमा ४ सय घरपरिवार विस्थापित भएका थिए । विराटनगर–१२ का ७० र १६ का ३०० घरपरिवारलाई सुरक्षित स्थलमा सारेर खानपिन र स्वास्थ्य उपचारको व्यवस्था गरिएको नगर प्रमुख नितेश पौडेलले जानकारी दिए ।
सिंघीयामा जोखिम कम भए पनि केशलिया खोलामा हुने माटो कटान र राजनीतिक संरक्षणलाई नियन्त्रण नगरे आगामी वर्ष डुबान र क्षतिको जोखिम अझै बढ्ने विशेषज्ञहरूको चेतावनी छ ।
धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट
इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्वमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती...










Discussion about this post