विराटनगर । नेपालमा युवापुस्ताको नेतृत्वमा गत भदौ २३ र २४ गते देशभर एकैसाथ भड्किएको जेनजी आन्दोलनले आज एक महिना पूरा गरेको छ। देशको राजनीतिक नक्सा हल्लाउने यस आन्दोलनको प्रतिध्वनि अझै मथिङ्गलमा गुञ्जिरहेको छ।
भदौ महिनाको ती दुई दिनमा राजधानी काठमाडौंदेखि विराटनगर, धरान, जनकपुर, पोखरा, नेपालगञ्ज र भैरहवाजस्ता सहरहरू युवाको नाराले थर्किएका थिए। भ्रष्टाचार अन्त्य, पारदर्शी शासन, रोजगारीको सुनिश्चितता र नीति सुधारको मागसहित हजारौं युवा र विद्यार्थी सडकमा उत्रिएका थिए।
तीव्र जनदबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भयो र त्यसको सट्टा पूर्वमुख्य न्यायाधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो। नयाँ सरकारले आन्दोलनका माग सम्बोधन गर्नका लागि पहल थालेको दाबी गरे पनि आन्दोलनकारी युवाहरू भने अझै सन्तुष्ट छैनन्।
जेनजी आन्दोलनका अगुवाहरू भन्छन्,
“हाम्रो आन्दोलन सत्ताको लागि होइन, प्रणाली परिवर्तनको लागि हो।”
ती युवाहरूले अहिले पनि सामाजिक सञ्जाल र सडक दुवै माध्यमबाट सरकारलाई निरन्तर दबाब दिइरहेका छन्। उनीहरूको माग छ — प्रणाली बदलियो भने मात्र देश बदलिन्छ।
राजनीतिक विश्लेषकहरूको मूल्याङ्कनमा, जेनजी आन्दोलन नेपालको लोकतान्त्रिक इतिहासमा नयाँ पुस्ताको राजनीतिक जागरणको प्रतीक बन्दै गएको छ। यो आन्दोलनले पुरानो सोच र संरचनामाथि प्रश्न उठाउँदै नयाँ नेपालको रूपरेखातर्फ ध्यान केन्द्रित गराएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post