सुनसरी । भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबीच सुनसरीस्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठूलो संख्यामा पुनः कारागार फर्किएका छन्।
कारागार प्रशासनका प्रमुख सुवास लामिछानेका अनुसार हालसम्म १ हजार ९२ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन्। तर, अझै ७ सय ४ जना फरार रहेका छन्। फरारमध्ये ५० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ। झुम्कामा रहेका ६१ भारतीय कैदीमध्ये केवल ११ जना मात्र फर्किएका छन्।
घटनाको बेला झुम्का कारागारमा कुल १ हजार ७९६ कैदीबन्दी रहेका थिए। आन्दोलनको दोस्रो दिन राति ठूलो भीड र अव्यवस्थाबीच सबै कैदीबन्दी बाहिरिएका थिए। त्यसपछि सुरक्षा निकाय र प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गर्दै आएका छन्।
कारागार व्यवस्थापन विभागले असोज २० गतेभित्र फर्किन निर्देशन जारी गरेको थियो। सो समयसीमा समाप्त भइसकेपछि अझै नफर्किनेहरूलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले भने, “फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन प्रहरीले आक्रामक अभियान अघि बढाएको छ। फर्किन नचाहनेमाथि कानुन बमोजिम कठोर कदम चालिनेछ।”
यसअघि पनि कारागार प्रशासनले फरारहरूको विवरण प्रहरीमा पठाई सीमाक्षेत्र र मुख्य सडकमुख्य नाकाहरूमा विशेष निगरानी बढाएको जनाएको छ। प्रशासनले अझै फरार रहेका कैदीलाई छिट्टै आत्मसमर्पण गर्न आह्वानसमेत गरेको छ।
धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट
इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्वमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती...










Discussion about this post