सुनसरी — आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने सर्वसाधारणको भीड बढेको छ। विशेषगरी जेनजी पुस्ताका युवाहरूको उल्लेख्य सहभागिताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा दैनिकी नै व्यस्त बनेको छ।
कार्यालयका अनुसार दर्ता कार्य प्रारम्भ भएयता हालसम्म करिब ६ हजार जना नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्। दैनिक करिब ६५० जनाको हाराहारीमा दर्ता प्रक्रिया भइरहेको जनाइएको छ।

बढ्दो चापका कारण कार्यालयको सर्भरमा समय–समयमा समस्या देखिने गरेको छ। यद्यपि, नयाँ नाम दर्ता बाहेकका अन्य सेवाहरू अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
हालसम्मको अभिलेख अनुसार, असोज १० गतेसम्म सुनसरीमा मतदाता संख्या ५ लाख ५० हजार पुगेको छ। जारी नामावली संकलन कार्य कात्तिक ३० गतेसम्म जारी रहने छ।

निर्वाचन कार्यालयका कर्मचारीका अनुसार, पहिलो पटक मतदान गर्ने युवाहरूमा विशेष उत्साह देखिएको छ। उनीहरूले आफ्नो नाम सूचीमा समावेश गर्न लाइनमा लामो समय पर्खिनु परेको भए पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउने उत्साह प्रकट गरिरहेका छन्।











Discussion about this post