इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा सिटी सफारी चालक ४७ वर्षीय दिनेश चौधरीको हत्या भएको आज एक महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।
गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। उनी आफ्नै सिटी सफारी (प्र–१–०२–००४ ह ७८०४) चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाले नहर डिलको सडकमा पुग्नेबित्तिकै गोली प्रहार गरेका थिए। घटनास्थलमै चौधरीको मृत्यु भएको थियो।
पोष्टमार्टम रिपोर्टले उनको मृत्यु गोली लागेर भएको पुष्टि गरे पनि घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले ठोस प्रमाण फेला पार्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबे नेतृत्वमा तत्कालै टोली खटिएर अनुसन्धान सुरु गरिएको भए पनि परिणाम अहिलेसम्म सन्तोषजनक छैन।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार विशेष टोली परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। उनले भने, “तीन जनाको समूहले गोली प्रहार गरेर मोटरसाइकलमा भागेको प्रारम्भिक विवरण छ। तर पर्याप्त प्रमाण अभावमा अहिलेसम्म कसैमाथि पक्राउ गर्न सकिएको छैन।”
घटनाको एक महिना पूरा हुँदा पनि अपराधी पत्ता नलागेपछि चौधरीका परिवार र स्थानीयवासी निराश छन्। उनीहरूले दोषीलाई शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन माग गर्दै निरन्तर प्रहरी प्रशासनमा दबाब दिइरहेका छन्।
मन्त्रीस्तरीय निर्णयपछि पनि सरुवा गरिएको स्थानमा नपुगेका दुई सीडिओ फेरि सरुवा
काठमाडौँ - गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका दुई गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका...










Discussion about this post