इनरुवा । सुनसरीको इनरुवामा सशस्त्र प्रहरीले बिहीबार बिहान ठूलो परिमाणको गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। इनरुवा–७ चाँदवेलाबाट दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ स्कारपियो पिकअप र को २७ प ८३३१ मोटरसाइकल जाँचका क्रममा प्लास्टिकका प्याकेटमा बेरेको एक क्विन्टल ५३ किलो गाँजा फेला परेको हो। गाँजा नियन्त्रणमा लिन खोज्दा परिस्थिति कडा बनेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो।
पक्राउ परेका २० वर्षीय आदित्य चौधरी स्कारपियोका चालक रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भने फरार छन्।बरामद गाँजा, सवारी साधन र पक्राउ परेको युवकलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। फरार रहेको मुख्य कारोबारीको खोजी तीव्र गरिएको छ।










Discussion about this post