सुनसरी । इनरुवाबाट बविया तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। इनरुवा–बविया सडकखण्डको मगर टोल नजिकै तिब्र गतिमा आएको मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका–१०, जलपापुरका हारुन अंसारी रहेको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पोलमा ठोकिँदा अंसारी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि तुरुन्तै उपचारका लागि अस्पताल पुर्याइए पनि डाक्टरहरूले मृत घोषित गरेका थिए।
दुर्घटनामा परेको को ७ प ४९०५ नम्बरको मोटरसाइकल अंसारीले हेलमेट नलगाईकन चलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको सुनसरी प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए।
प्रहरीका अनुसार तिब्र गति र हेलमेट नलगाउने लापरबाही दुर्घटनाको मुख्य कारण बनेको देखिन्छ।












Discussion about this post