विराटनगर — मोरङको रंगेलीमा भदौ २४ को जनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये धेरैजसो राजनीतिक व्यक्तित्वका छोराहरू छन्। पक्राउ पर्नेमा एमाले मोरङका पूर्व उपसचिव सन्तोष साहका छोरा आनन्द साह र जनमत पार्टी रंगेली अध्यक्ष सुबरलाल यादवका छोरा रुपेश यादवसमेत छन्।
यससँगै भुपाल भण्डारी, रमेश कुमार मण्डल, रुपक गौतम, समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ र गणपत यादवलाई पनि नियन्त्रणमा लिइएको छ। सीसीटीभी फुटेजले कांग्रेस र एमाले निकट व्यक्तिहरूको संलग्नता देखाएपछि प्रहरीले थप अभियुक्त खोजी जारी राखेको जनाएको छ।











Discussion about this post