इनरुवा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता सूचीकृत भएका छन्।
जिल्लाका १२ वटै स्थानीय तह समेटेर तयार गरिएको विवरणअनुसार पुरुष मतदाता दुई लाख ९४ हजार २५२, महिला मतदाता दुई लाख ८६ हजार ६९१ र तेस्रो लिङ्गी दुई जना रहेका छन्।
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। जिल्लाभर १६७ मतदानस्थलमा ६२४ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर २ मा रहेका छन्, जहाँ एक लाख ५६ हजार ९९० जनाले मतदान गर्नेछन्।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकपछि यी तथ्याङ्क सार्वजनिक गरेको हो। निर्वाचनलाई सफल बनाउन मतदाता शिक्षालगायत तयारीका कार्यक्रमहरू पनि तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।











Discussion about this post