• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मधेस प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि व्यापक सुरक्षा तयारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १८ गते, १२:५० बजे प्रकाशित
in FEATURE, समाचार
मधेस प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि व्यापक सुरक्षा तयारी
8
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । आउँदो फागुन २१ गते मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन प्रदेशभरि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार तीन तहको सुरक्षा परिचालनका साथै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको छ।

मधेसका आठ जिल्लामा कुल २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्र रहेका छन्। प्रदेश प्रहरीले तीमध्ये ५७ प्रतिशत मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। वर्गीकरणअनुसार १,२३७ मतदानस्थल र २,६१३ मतदान केन्द्र अति संवेदनशील, ७६३ मतदानस्थल र १,५५४ मतदान केन्द्र संवेदनशील, तथा १६० मतदानस्थल र ३०४ मतदान केन्द्र सामान्य श्रेणीमा छन्।

सप्तरी जिल्लामा सबैभन्दा बढी ‘रेड जोन’ मतदानस्थल छन्। २९६ मतदानस्थलमध्ये २०९ अति संवेदनशील रहेका सप्तरी, सिरहा (१५४), धनुषा (१९४), महोत्तरी (१६३), सर्लाही (१५८), रौतहट (१५२) र बारामा (१५४) मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्। संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा रणनीति लागू गरिएको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार, मतदानस्थलको वर्गीकरण गर्दा मतदाताको चाप, सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटना, भौगोलिक अवस्था र राजनीतिक गतिविधि लगायतका पक्षहरूलाई ध्यानमा राखिएको हो। खुला सीमा र विगतका घटनाले मधेस प्रदेशमा निर्वाचन व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको उनी बताउँछन्।

करीब ४६४ किलोमिटर लामो खुला सीमाका कारण अवैध प्रवेश, दोहोरो मतदाता र अन्य अवाञ्छित गतिविधि हुने सम्भावना रहेकोले संवेदनशील मतदानस्थलमा सुरक्षा सक्रियता थप सुदृढ गरिएको छ।

प्रदेशभरि करिब १२,६०० नेपाल प्रहरी र २८,२९५ निर्वाचन प्रहरी परिचालन हुनेछन्। सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत सक्रिय सहभागिता जनाउने भएकाले सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाइएको डीआईजी थपलियाले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीका डीआईजी कृष्ण ढकालका अनुसार, आठै जिल्लामा ४,३३६ सशस्त्र प्रहरी र २,८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा छन्। उनीहरूले मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत सुरक्षा परिचालन गरिने बताएका छन्।

धनुषा र महोत्तरी जिल्लामा भारतसँग जोडिएको करिब ३९ किलोमिटर खुला सीमाका कारण सुरक्षा चुनौती रहने भए पनि प्रमुख जिल्ला अधिकारीहरूले आन्तरिक सुरक्षा चुस्त रहेको दाबी गरेका छन्। सीमा सुरक्षा बैठकहरू समेत भइसकेका छन् र निर्वाचन सुरक्षा व्यवस्थापनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

डीआईजी थपलियाका अनुसार, प्रदेशभरि नेपाल प्रहरी र निर्वाचन प्रहरीबाट करिब ४० हजार, सशस्त्र प्रहरी बलबाट १० हजार र थप नेपाली सेनासमेत परिचालन गरी ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने तयारी छ।

Related Posts

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
FEATURE

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
0

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist