काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन प्रस्तुत हुनुका साथै नीतिगत र कानुनी विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९’ तथा सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभासमक्ष पेस गर्नेछन्।
त्यसैगरी, विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्। ती अध्यादेशमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ रहेका छन्।
आजको बैठकलाई विधायन, निर्वाचन प्रणाली तथा सुशासनसँग जोडिएका विषयमा महत्वपूर्ण मानिएको छ।










Discussion about this post