शुभ नारायण यादव / सप्तरी । सप्तरीको राजविराज भन्सार कार्यालय बेल्हीले नेपाल सरकारको लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको छ ।
ज्जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड १७ लाख ६४ हजार राजश्व संकलन मात्र गनै सकेको छ । यस आव सरकारको राजश्व लक्ष्य भन्दा ३९ प्रशित कम रहेकोमा कार्यालयले ६ करोड ८४ लाख २० हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
कार्यालयका प्रमुख दिपेन्द्र झाले कर्मचारीको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, बाटोको समस्या, स्थानिय तह निर्वाचन लगायतका विविध कारणले लक्ष्य अनुसारको सफलता नमिलेको बताएका छन् ।
जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायतका कारोबारबाट ०७८÷७९ मा सो परिमाणको राजश्व संकलन भएको छ । प्रमुख झाले आ.ब. २०७८÷०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५ सय ८७, नेपाल प्रहरीले ४ सय ६३ र भन्सार कर्मचारीहरुबाट १४ गरि कुल १ हजार ६४ लिलामी मुद्दा यस कार्यालयमा बुझाइएकोमा २ सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको छ भने ४ सय ९९ मुद्दा केही दिनमै लिलामीमा टुंग्याउने सम्पूर्ण तयारी र प्रक्रिया पुरा गरिएको जानकारी पनि दिनु भयो । गाउँको बाटोबाट भित्रिने मालसामानको छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठूलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
जिल्लामा मुख्य भन्सार कार्यालय १ र छोटी भन्सार ७ सहित ८ वटा भन्सार कार्यालय छन् । त्यसमा बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र संचालनमा छन् ।
सप्तरीको सीमाना भारतसँग खुला रहेकोले साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको छिन्नमस्ताका स्थानीय बिनोद यादवले बताउनुभयो । उहाँले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भैरहेकोले राज्यलाई लाखौंको नोक्सानी भैरहेको यादवले बताउनुभयो ।
Discussion about this post