राजापुर / लुुम्बिनी प्रदेश बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं.९ गोडियाना,चैनपुर,दुर्गानगर,भीमापुर र खल्लाटोल क्षेत्रका बासिन्दा कर्णाली नदीबाट आउने बाढीबाट आजित हुने गरेका छन । कर्णाली नदीबाट हरेक वर्ष आउने बाढीले यस क्षेत्रका बासिन्दाको जनजिवनमा असर पुर्याउनका साथै लगाएको धानबालीमा ठुलो मात्रामा क्षति पुरयाउने गरेको समुदाय स्तरिय विपद् व्यवस्थापन समितका अध्यक्ष बांधुराम चौधरीले बताए । बाढीबाट हुने गरेको धानबालीको क्षति को क्षतिपुर्ति कुनै पनि निकायबाट नपाएको जसले गर्दा यस क्षेत्रका किसानको जनजिवनमा ठुलो प्रभाव परी जिविकोपार्जनमा समेत कठिनाइ हुने गरेको स्थानिय विपद् व्यवस्थापन समितिका अध्यक्षको गुनासो रहेको छ । एडिपिसीको आर्थिक सहयोगमा स्टोनस्टेप टिएफ डि र प्राक्टिकल एक्सन नेपालको संयुक्त साझेदारीमा सञ्चालित “पश्चिम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचकांकमा आधारीत बाढी बिमा” कार्यत्रम स्टोनस्टेपको प्रबिधिक सहयोगमा नारि कल्याण साना किसान कृषि सहकारी संस्था राजापुर ९ भिमापुर बर्दियाले शिखर इन्सोरेन्स कम्पनी ली.को संस्थागत अभिकर्ता भई आफ्नो सेयर सदस्य कृषकहरुको सामुहिक बाढि बिमा गराएको छ । धानबालीमा हुने क्षतिका लागि बाढी बिमा कार्यक्रम संचालन गरि यस क्षेत्रका किसानहररुको धानबालीको बिमा गरिदिएकोमा यस क्षेत्रका किसान खुशी भएका छन । बाढीबाट धानबालीमा हुने क्षतिका लागि नारि कल्याण साना किसान सहकारी संस्था माफृत कृषकहरुले नमुना परिक्षणका लागी २ देखि ४ कट्ठा सम्मको धान खेतको बिमा गराएका छन् । कृषकहरुको जोखिम हस्तान्तरण पद्धतिमा उत्साहजनक सहभागीता भएको देख्दा खुशी लागेको सहकारी संस्थाका अध्यक्ष लोकमाया कुवँरले बताउनु भयो । मौसमी सुचकांको आधारमा बिमा कार्यक्रम अन्तर्गत कर्णाली नदिको बाढी सुचकांको मापन गरि छिटो छरितो र भरपर्दो सुचना प्रविधिको प्रयोग गरि घर दैलो बाटै बिमा गरिएको र दावी भुक्तानी पनि यसरीनै सहज हुने कुरामा विश्वस्त सेयर सदस्य कृषकहरु खुशी भएको स्थानीय कृषक मुन्नी देबी थारुले बताईन ।
मौसमी सुचकांकको आधारमा बिमा कार्यक्रम अन्तर्गत कर्णाली नदिको बाढि सुचकांक मापन गरिएको जलतथा मौसम बिज्ञान बिभागको तथ्यांकको आधारमा र बिमा समीति नेपालबाट प्राप्त निर्देशित/स्वीकृती पत्रको अधिनमा रही यथासिघ्र दावी भुक्तानी गरिने शिखर इन्सोरेन्स गुलरिया शाखाका शाखा प्रबन्धक श्री ढुन्डी राज रिजालले जानकारी गराउनु भयो । यस बिमा कार्यक्रम अन्तर्गत २१७ जना कृषकहरुले २० हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीको बिमा गर्न सफल भएको नारि कल्याण सहकारीका बिमा कार्यक्रम संयोजक श्री हिरा कुमारी चौधरीले बताउनु भयो । यस कार्यक्रमको प्रबर्धन र विस्तार गर्नुपर्नेमा बिमा कार्यक्रम संयोजक हिरा कुमारी चौधरीको भनाई छ । बिमा शुल्कमा उचित अनुदानको व्यवस्थापन गर्न सकेमा थप प्रभावकारी हुने धारण व्यवस्थापक श्री पार्वती चौधरीले जानकारी दिनुभयो । व्यवस्थापक र उप व्यवस्थापक पार्वती र हिरा कुमारी चौधरीले नेपालमा प्रथम पटक नमुना परिक्षण कार्यक्रममा आवद्ध भएकोमा खुशि व्यक्त गर्दै ऊक्त कार्यत्रमको सानाकिसान कृषक सहकारी संस्थाको क्षेत्रिय र राष्ट्रिय सञ्जालले अयोजना गर्ने गोष्ठि तथा भेलाहरुमा सिकाई आदान प्रदान गर्ने जानकारी दिनुभयो ।
Discussion about this post