मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित नेपाल भारतको सिमा नाकामा रहेको हेल्थ डेस्कमा एक वर्षको अवधिमा ४ हजार १ सय ६८ जनाले सेवा लिएका छन । हेल्थडेस्कका प्रमुख अहेव मकेन्द्र रोकायाका अनुसार हेल्थडेस्कबाट आर्थिक वर्ष २०७८ /२०७९ मा ४सय ३८ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ भने ८ सय १५जनालाई कोरोना चेकजाच गर्दा ४७ जनालाई कोरोना पोजेटिभ देखापरेको समेत जानकारी दिएका छन । हेल्थडेस्कबाट अन्य सेवा समेत दिने गरेको जसमा मलेरिया एचआईभी , प्राथामिक उपचार लगायत परिवारनियोजन सम्बन्धि सेवा समेत दिने गरेको रोकायाले जानकारी दिएका छन । अन्य सेवा एक वर्षमा ३ हजार ८ सय १६ जनालाई दिइएको बताए ।यस नाकाबाट कैलालीको टीकापुर , जानकीगाउपालिका लम्कीचुहा नपा र बर्दिया जिल्लाका र सुर्खेत जिल्लाका मानिस आवतजावत गर्ने गरेको अहेव रोकायाले जनाएका छन ।
Discussion about this post