शुभ नारायण यादव /सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुधन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो।
यता लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन्।
Discussion about this post