शुभ नारायण यादव /सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा आएका जनप्रतिनिधिहरु विकास निर्माणको काममा र जनताका समस्याहरु सम्बोधनको काममा खटिनुपर्नेमा सुरुमै करारमा कार्यरत कर्मचारीमाथि डण्डा चलाएको छ ।
बिनाकारण र प्रकृया नपुर्याइ कुनै कर्मचारीहरुलाई निकाल्ने निर्णयतिर लाग्दा गाउँपालिकाको कामकारबाही प्रभावित भएको छ भने राजनीतिक प्रतिशोधका आधारमा कर्मचारीहरुलाई हटाउने होडबाजीको गलत नजिर बसाउने खतरा मुलु्क भरी ब्याप्त छ । यसै क्रममा महादेवा गापाका अध्यक्ष सुनिल कुमार मण्डलले आफैले गरेको निर्णयलाई अवज्ञा गर्दै कासमा रंजित कुमार मण्डल,सनिलाल मण्डललाई हालै नियुक्ती गरेको छ भने डोरको नाममा गिरधर मण्डल,संतोष मण्डल, रंजित मण्डल लगायत पाँच जनालाई तलव भक्ता प्राविधिक विनित कुमार झाको सिफारिसमा खुवाएको कार्यालय श्रोतले दावी गरेका छन । त्यस्तै पत्रकारको नाममा एक लाख र आर्थिक सहयोगको नाममा नेता भनाउनेलाई एक मुष्ठ हजारौ रकम खुवाएको लेखा शाखा श्रोतबाट थाहा हुन आएको छ ।
Discussion about this post