मान बहादुर ठकुल्ला/ टीकापुर / कैलाली जिल्लाकाे टीकापुर नगरपालिका वडा नं ७ सत्ती स्थित कर्णाली क्याम्पस बिद्यार्थी नहुदा ५ वर्ष देखि बन्द रहेकाे छ भने उक्त बन्द रहेकाे क्याम्पस संचालनमा ल्याउने कि नल्याउने भन्ने बिषयमा अाज भेला गरिएकाे छ । कर्णाली बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष तथा टीकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको भेलामा क्याम्पस संचालनका बिषयमा छलफल गरेकाे छ । २०७० साल असाेज १५ गते व्यवस्थापन शंकायकाे मान्यता प्राप्त गरेकाे यस कर्णाल बहुमुखी क्याम्पसमा पहिलाे वर्ष बिद्यार्थी भर्ना भए पनि त्यसका पछिल्ला बर्षमा बिद्यार्थी संख्यामा कमिहुदै गएकाे र ४ वर्ष सम्म मात्रै पढाइ भएकाे क्याम्पस का प्राचार्य रबिन्द्र कठायत जानकारी दिएका छन ।२०७४ साल पश्चात् बहुमुखी क्याम्पसमा बिद्यार्थी नै भर्ना नभएकाले बन्द भएकाे कर्णाली उच्च माबिका प्रअ जगबिर शाहले बताएका छन । साबिककाे नारायणपुर गाबिस र धनसिहपुर गाबिसमा त्रिभुवन उच्च माबि बटनपुर र कर्णाली उच्च माबि सत्ती रहेका छन ती दुबै बिद्यालयमा शिक्षा बिषयमात्रै पढाइ हुने भएकाले पनि व्यवस्थापन शंकायका बिद्यार्थी अभाव भएकाे जसले गर्दा बहुमुखी क्याम्पस बन्द हुन पुगेकाे निष्कर्ष निकालिएको छ । बन्द रहेकाे बहुमुखी क्याम्पस संचालन गर्नका लागि शिक्षा शंकायकाे मान्यता लिनु पर्ने निष्कर्ष निकालिएको छ । भेलामा टीकापुर नगरपालिका वडा न ६का वडा अध्यक्ष बलीराम चाैधरी वडा न ८का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला टीकापुर बिकास समिति तथा साबिक नारायणपुर गाबिसका पुर्व अध्यक्ष फकिर सिह कडायत साबिक धनसिहपुर गाबिसका अध्यक्ष जंग बहादुर साउद, कर्णाली उच्च माबि सत्तीका अध्यक्ष मनिराम ढुङ्गाना लगायतले अाफ्ना सल्लाह सुझाब सहितका धारणा राखेका थिए । कर्णाली बहुमुखी क्याम्पस का ८० जना अाजिवन सदस्य रहेका छन । कुनै पनि भाैतिक तथा अन्य संरचना नभएकाले बहुमुखी क्याम्पस पुन संचालन गर्नका लागि कठिन रहेकाे संचालनका लागि सबैकाे सहयाेगकाे खाचाे रहेकाे ब्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद न्याैपानेले अाग्रह गरेका छन ।
Discussion about this post