शुभ नारायण यादव/ सप्तरी । धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा सन्चालित एक दिने निशुल्क स्वास्थ शिबिरबाट सयाैं जना लाभान्वित भएको छ ।
अन्धोपन निवारणको लागि एउटा सानो पहल र प्रयास स्वरुप ८ औं पटक १ दिने निःशुल्क आँखा शिविर सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित मावि सखडामा आयाेजना गरेकाे थियाे । सगरमाथा चौधरी आँखा अस्पताल लहानका डाक्टरहरू द्वारा छिन्नमस्ता सखडामा शिविर संचालन उक्त शिबिरमा ३५१ जना आंखाका विरामीहरूको चेक जाँच र शिविरमा पता लागेका ११३ जना मोतियाबिंद बिरामीहरुको नि:शुल्क ऑपरेशन गर्न लहान लगेर गरिने आयाेजक सस्थाका अध्यक्ष एंव समाजसेवी इ. सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
सगरमाथा चौधरी आँखा अस्पताल लहान र छिन्नमस्ता गाउपालिकाकाे समन्वयमा सन्चालित साे स्वास्थ शिबिरमा छिन्नमस्ता गाउपालिकाका विभिन्न वडाका साथै छिमेकि भारत र बिष्णुपुर गाउपालिकाबाट समेत बिरामिहरुले सेवा लिएको आयाेजक सस्थाले जनाएको छ ।
Discussion about this post