शुभ नारायण यादव /सप्तरी । सप्तरीमा संघ र प्रदेशको चुनाव मंसिर ४ गते नजिकिदै गर्दा उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।
नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले सप्तरी निर्वाचन क्षेत्र नं.२ (ख)बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
समाजमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्र बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने भएको छ ।
स्थानिय युवाहरुसंग कुरा गर्दै यादवले अहिले सम्म नेताहरुले जिल्लामा उल्लेख्य काम गर्न नसेकेको प्रति असंतुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन ल्याउन आफुले उम्मेदावारी दिन लागेको बताए ।
महान जनयुद्घको राप,तापबाट मालेमावादको भठीबाट खारीएका तथा समाज सेवामा अहोरात्र काम गरेका यादवले ‘जिल्लाको सदमुकाम राजविराज नगरपालिकाको अवस्था हाल सम्म विकसित हुन सकेको छैन् भने गाउँघरको अवस्था गए गुज्रेकोमा अहिले राजनितिलाई ब्यापार सम्झेकोले त्यसलाई काउण्टर दिन आफनो उम्मेदवारी रहेको बताए ।
‘डिजिटल टेक्नोलाजीको जवानामा पनि गाउँ समाजमा केही परिवर्तन नहुनु दुःखद रहेको भन्नु हुदै राजविराज भारतको जयपुरको नक्सामा आधारित पुरानो देशकै पहिलो टाउन प्लानिङ्ग सिटि रहेकोमा कसैको ध्यान नपुग्नु आफुलाई दुख लागेको बताए । त्यस्तै कन्या छात्रावास र राम मन्दिरदेखि पश्चिम हुलाकी राजमागै निर्माणमा देखिएको अवरोधलाई सरोकारबाला पक्ष,स्थानियसंग सर सल्लाह गरी निकास तर्फ पहल बढाउने बताए ।
राजविराज नगरपालिका र महादेवा गापाको वडा नं.१ पकरी,तथा वडा नं.३ बथनाहा सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ को (ख) मा पर्दछ । बृहत विकासको लागि एउटा रोड म्याप तयार गरेर समाज सेवामै आफनो समय ब्यतित गर्ने यादवको योजना छ । आफुलाई जनताले एकपटक मौका दिए विकास गरेर परिवर्तन भएको जनतालाई महसुस गराउने बताए ।
Discussion about this post