मान बहादुर ठकुल्ला
भजनी/ कैलालीको सशस्त्र प्रहरी बल भजनीले नगरपालिका वडा नं ५ को तपड ईलाका स्थितबाट ५ लाख बढीको अबैध समान बरामद गरेको छ । भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लेडिज कपडा समान गरी ५ लाख ७ हजार ९ सय बढीको समान बरामद गरी भन्सार कार्यालयलाई बुझाउने तयारी रहेको विष्टले बताए। अाज २२गतेका दिन बिहान १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलाली पागियप्रसारका शसस्त्र प्रहरी नायब निरिक्षक भरत बहादुर विष्टको नेतृत्वमा खटी गएकाेगस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई लुकाई छिपाई राखेकाे सामान बेवारिसे अवस्थामा रहेको अन्दाजी ५ लाख ७ हजार ९ सय बराबरको बरामद लेडिज कपडा बरामद गरेको जनाएको छ।साथै घरायसी प्रयोजनका लागि ल्याउने र किसानको मलखाद लागि कुनै रोक नगरेको विष्टले बताएका छन् ।
Discussion about this post