मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा लागुऔंषध सहित एक भारतिय नागरिक पक्राउ परेका छन । कैलाली टीकापुर नगरपालिका वडा नं.१ नयाँ टीकापुर स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले जिल्ला लखिमपुर खिरी तिकुनिया ग्राम पञ्चायत सुठाना बरसोला खिरी उत्तर प्रदेश भारत बस्ने बर्ष ५० को सुरज प्रकाश गोयललाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा Proxymed-Spas लेखेको क्याप्सुल १,२००।– (एक हजार दुई सय) थान फेला पारी पक्राउ गरी कैलाली जिल्ला अदालतबाट लागु औषध ऐन अन्तर्गत दिन ७ को म्याद थप अनुमती प्रदान भई थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन ।
Discussion about this post