इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेड क्वाटर सुनसरीको १६ औं स्थपना दिवश मनाइएको छ । दिवशको अवसरमा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । स्थापना दिवशको अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराईले सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक कृष्ण कुमार खड्का, सशस्त्र प्रहरी नायव निरीक्षक हेम बहादुर पाण्डे, सशस्त्र प्रहरी बरिष्ठ हबल्दार सिताराम कार्की, सशस्त्र प्रहरी हबल्दार दलबहादुर भारती, सशस्त्र प्रहरी जवान अन्जान लिम्बु सहितलाई उत्कृष्ट सशस्त्र प्रहरी पुरस्कारबाट पुरस्कृत गरेका छन् । प्रमुख अथिति समेत रहनुभएका सशस्त्र प्रहरी बल, नेपाल नं.१ बहार बाहिनी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सहायक बाहिनीपति विश्वकुमार भट्टराईले सशस्त्र द्धन्द्धदेखी सीमा सुरक्षासम्मको काममा उत्कृष्ट रुपमा काम गर्दै आएको सशस्त्र प्रहरी कार्मचारीको प्रसंसा गरेका हुन् । उनले व्यक्तिगत स्वर्थ भन्दा माथि उठेर देश र जनताको सेवामा आएका सशस्त्र प्रहरीहरुलाई आफ्नो काममा निष्ठापूर्वक लाग्न निर्देशन समेत दिएका छन्।
उनलेे भने २०५७ सालमा सरकारले तात्कालिन माओवादी युद्ध चर्किदै गएपछि नेपाली सेना र नेपाल प्रहरीका बीचमा अर्को एक शक्ति खाँचो महसुस गरी दुवै सुरक्षा निकायका केही जनशक्ति ल्याई नेपाल सशस्त्र प्रहरी बल गठन गरेको बताए । १६ औ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक सहायक बाहिनीपति विश्वकुमार भट्टराईले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए । उनलेे परिर्वतित सन्र्दभमा चुनौतिहरु पनि थपिदै जाने भन्दै उनले जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिए । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सहायक भट्टराईले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्यपथमा लाग्न सुरक्षा अधिकारीलाई निर्देशन समेत दिए ।
साे दिवशको अवसरमा आयोजित कार्यक्रममा विषेश अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सशस्त्र प्रहरीको सुरक्षामा महत्वपूर्ण योगदान गरेको र सुनसरीमा १६ वर्षदेखी निरन्तर रुपमा सेवा गर्दै आएकोमा बधाई दिएका छन् । उनले स्थपना कालका प्रमुख हाल सेवा निवृत डिआईजी नगेन्द्र थापा सहित वाहालबाला बरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाफे सहितको समन्वयले शान्ती सुरक्षा मजबुत रहेको भन्दै प्रसंशा गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगंना, सशस्त्र प्रहरी नायव उपरीक्षक विजय कुमार चौधरी, सुनसरी भन्सार कार्यालय कोसी ब्यारेज प्रमुख गणपती कडेल, जिल्ला अस्पताल प्रमुख डा. देवराज घिमिरे, उद्योग बाणिज्य संघ इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post