विराटनगर । मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका-१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका-१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर-११ का प्रशान्त राईलाई २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित धरान-१९ का समिर बिश्वकर्मा र अर्जुन बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिका- का सिद्वार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-६ का रोशन पोख्रेललाई प्रतिवन्धित औषधी ६८ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
मन्त्रीस्तरीय निर्णयपछि पनि सरुवा गरिएको स्थानमा नपुगेका दुई सीडिओ फेरि सरुवा
काठमाडौँ - गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका दुई गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका...










Discussion about this post