शुभ नारायण यादव/ सप्तरी ।
स्थानीय तह निर्वाचन २०७९ को डाक्नेश्वरी नगरपालिका सप्तरीको प्रमुख पदमा नेकपा(एमाले)को चुनाव चिन्ह सुर्य छापको तर्फबाट .रामलखन मुखिया(मलाह)र उपप्रमुख पदमा एमालेकै मिरा कुमारीयादव बिजय हासिल गरेका छ्न । उहाँले ५ हजार ८ सय ५४ मत प्राप्त गरेको छ भने निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसको नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा यादवले ६ हजार १९७ मत ल्याई बिजयी भएकी छिन भने उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको इन्द्रदेवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरेका छन् ।
यसै गरी रुपनी गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्षमा दिनेश कुमार यादव र उपाध्यक्षमा पुष्पा श्रेष्ठ लौगी बिजय हासिल गरेका छ्न। उहाँले ४ हजार १६ मत ल्याई बिजयी हासिल गरेका छ भने उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको हरेराम यादवले ३ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा लौगीले ३ हजार ३३ मत ल्याई बिजयी भएकी छिन भने उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको बेचनीदेवी सरदारले३ हजार २ सय ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै सप्तरीको छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दोस्रो कान्छो अध्यक्षमा विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजो देवी यादव विजयी भएको छ ।
अध्यक्षमा २६ वर्षीय चौधरीले १ हजार १ सय २९ मतअन्तरले विजयी भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी राजो देवी यादवले २ हजार ४ सय ७२ मत ल्याएर विजयी भएकी छन उहाँकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १ हजार ५ सय ९५ मत प्राप्त गरेकी छिन् ।
शनिबार अबेर रातिसम्म ७ वटै वडाको मतगणा सकिएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिनु भयो । कुल १७ हजार ७ सय ५७ मतदाता रहेको छिन्नमस्ता गाँउपालिकामा १३ हजार ७ सय ४४ मत खसेको थियो ।
यसै विच सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहणगरेका छन । यस्तै तिरहुत गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष–उपाध्यक्षसहित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । गाउँपालिकाद्वारा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष विजय कुमार यादव, उपाध्यक्षमा विणादेवी यादवनसहितका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।
Discussion about this post