शुभ नारायण यादव/सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सार्वजनिक विदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।
मधेश प्रदेशमा निर्वाचनको मतपरिणाम सार्वजनिक भई निर्वाचित भएपछि विजय उत्सव मनाउन अन्य कुनै स्थानीय तहले सार्वजनिक बिदा दिएको छैन् ।
Discussion about this post