चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का नव निर्वाचित वडाध्यक्ष बाैवालाल यादव पदभार ग्रहण गरेका छन् ।
साेमबार नव निर्वाचित वडाध्यक्ष यादवले स्थानीयवासीहरूकाे निवेदनमा ताेक लगाउँदै आफ्नो पदभार ग्रहण गरेका हुन् ।
यादवले भाेक्राहा नरसिंह गाउँपालिकाका स्थानीय टुमासिंह यादवले दिएको निवेदनमा ताेक आदेश गर्दै पदभार ग्रहण गरेका थिए ।
स्थानीय यादवले वडाध्यक्ष बाैवालाल यादवलाई दिएको निवेदनमा वडा कार्यालय देखि दक्षिण बर्षाकाे सिजनमा आउने बाढीकाे कारणले सिंगो बस्ती डुवानमा पर्ने गरेकाले कम्तीमा साेलार बत्ती जडान र सुनसरी खाेलामा तटबन्ध निर्माण गर्न उल्लेख गरेको छ ।
उत्ता वडाध्यक्ष यादवले पदभार ग्रहण गर्दै आफुले जनताको शासक हाेइन् , म नाेकर बनेर काम गर्ने प्रतिवद्वता व्यक्त गरेका हुन् ।
त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता , वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी मिँया, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव , वडा नम्बर ४ वडाध्यक्ष हारूण अंसारी , वडा नम्बर ५ का वडाध्यक्ष हविव मंसुरी र वडा नम्बर ८ का वडाध्यक्ष भाेला हाजी (हाजी उसमान) ले समेत आज पदभार ग्रहण गरेका छन् । भने वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी गत शुक्रबार वेलुकी ६ बजे पदभार ग्रहण गरेका थिए ।
Discussion about this post