शुभ नारायण यादव /सप्तरी । सप्तरीकाे रुपनि गाउँपालिकालाइ भयरहिय भ्रष्टाचार मुक्त नमुना गाउँपालिका बनाउने उदघाेष नव निर्वाचित गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादवले गरेका छन । यहि बेशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात् गाउँपालिका अध्यक्षमा विजयी भएका अध्यक्ष यादवले साे उदघाेष गरेका हुन । रुपनि गाउपालिकामा आयाेजित नव निर्वाचित पदाधिकारिहरुलाइ सपथ तथा पदभार ग्रहण कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष यादवले जिल्लाके नमुना गाउँपालिका बनाउने प्रतिबद्धता सहित उक्त अभियानमा सहयोग गरिदिनुहुन सम्पूर्ण गाउँपालिकाका बासिन्दाहरुसग अनुरोध समेत गरेका छन । अध्यक्ष यादवले रुपनि रहेकाे रुपनि मन्दिर , दिनानाथ भर्दि मन्दिरका साथे शनिदेव मन्दिरलाई पर्यटकिय स्थलकाे रुपमा विकास गर्नुका साथै गाउँपालिकामा जिर्ण रहेका बाटाेघाटाे नाला सहित पाँच पर्ष भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै निजि विघालय जस्तै गाउपालिका भरिका सामुदायिक विघालयहरुमा गुणस्तरीय शिक्षाका साथै बेराेजगार युवाहरुकाे लागि राेजगारिका साथै बन्द रहेकाे गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सन्चालन गरि हजारौं बेराेजगारहरुलाई राेजगारिकाे व्यवस्था मिलाउने बताएका छन । यसैगरी रुपनि गाउँपालिकामा अहिले सम्म गर्भवति महिलाहरुकाे लागि सुत्केरि गराउने बर्थिङ सेन्टर नरहेकाले सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नुका साथै गाउँपालिकाका गरिब ,निमुखा जनताहरुकाे लागि ५० प्रतिशत अनुदानमा एम्बुलेन्सकाे व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन । यसका साथै किसानहरुका लागि सहज रुपमा मल खाघ , बीउ ,विजनकाे समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन । रुपनि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चाैधरीकाे अध्यक्षतामा आयाेजित साे सपथ तथा पदभार ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन प्रमुख चन्द्र मणि ज्ञवालि , सप्तरीका प्रमुख जिल्ला अधिकारि जनार्दन गेातम , लाेसपा नेपालका केन्द्रीय नेताहरु जय प्रकाश ठाकुर , दिपेन्द्र चाैधरी , बिनाेद यादव , महिला नेतृ पुनम यादव लगायतका बक्ताहरुले आ- आफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा रुपनि गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादवले उपाध्यक्ष पुष्पा श्रेष्ठ लाेगि लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यहरुलाइ पद तथा गाेप्यनियताकाे सपथ ग्रहण गराएका थिए ।
Discussion about this post