मान बहादुर ठकुल्ला /टीकापुर । टिकापुर नगरपालिका वडा–७ का नवनिर्वाचित अध्यक्ष यज्ञ न्याैपाने सहित वडा सदस्यले पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको माओवादी केन्द्रको तर्फबाट विजयी बनेका न्याैपाने सहित निर्वाचित पदाधिकारीले बुधवार पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण पश्चात टिकापुर –७ ,मा रहेको भानु सामुदायिक पुस्तकालयको सभा हलमा बधाई ज्ञापन कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने महिला सदस्य कैलापति चौधरी, दलित महिला सदस्यमा आइतिदेवि सुनार , अभिमन्यु चौधरी र राजकुमार चाैधरिले संयुक्त रूपमा पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा गत स्थानीय चुनावमा वडा नम्बर सात बाट वडा अध्यक्ष पदका उम्मेदवार नरेश्वर धमाला, हरि कुमार कार्की ,सामाजिक अगुवा धर्म घर्ती , मनिराम ढुंगाना, नन्द बाेहरा र हेमराज भट्टराईले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सुदुर सन्दर्भ डटकमका निर्देशक भिम विकले गरेका थिए । कार्यक्रमका वक्ताहरुले जनताले मत दिएर जितेको अब वडाको विकास गरेर जनताको मन जित्नुपर्ने सुझाव दिएका थिए ।
त्यसै गरि टीकापुर नगरपालिका वडा न ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला लगायत सम्पुर्ण सदस्य र वडा न ९ का अध्यक्ष लाैटन चाैधरी लगायत सदस्य हरुले सयुक्त रुपमा पदभार ग्रहण गरेका छन । स्थानिय जनताकाे जनभावना अनुसार काम गर्ने बताएका छन ।
Discussion about this post